बर्दिया र बाकेमा एमालेको क्रेज : माधव र बामदेव पार्टिबाट बाहिरिदापनि परेन कुनै असर(तस्वीरहरु सहित)

काठमाडौं ! नेकपा एमालेको बर्दिया र बाकेको जिल्लास्तरीय कार्यकर्ता भेला आज सम्पन्न भएको छ।दुबै जिल्लामा फरक फरक समयमा उक्त कार्यक्रम निर्धारण गरिएको थियो।कार्यक्रममा प्रमुख अतिथी एमाले अध्यक्ष ओली रहनुभएको थियो।

बर्दिया र बाकेको उक्त कार्यकर्ता भेलामा जनताहरु अध्यक्ष ओलीलाई हेर्न उल्लेख्य उपस्थित थिए। बर्दियामा त हलमा नअटाएर बाहिर टिभी स्कृनमा समेत उहाँको भाषण हेरेका/सुनेका थिए।पार्टिबाट माधव नेपाल र बामदेव गौतम बाहिरिएपछी पनि पार्टिलाई कुनै धक्का नलागेको उक्त सहभागीताबाट स्पस्ट हुन्छ।

नेकपा एमाले बर्दियाको यस्तो ठूलो कार्यक्रममा पहिला बामदेव गौतम पनि सहभागी हुने गर्थे तर उनलेपनी एमालेबाट राजिनामा दिएर तटस्थ बसेकोले यसपालि बामदेव बिहिन कार्यक्रम बनेको थियो।कार्यक्रममा उनको अनुपस्थिति र माधव नेपाल अलग्गिएर जानाले पनि कुनै असर नपरेको स्पष्ट देखिन्छ ।बर्दियापछी बाकेमा भएको अर्को कार्यकर्ता भेलामा पनि जनताको उत्तिकै उपस्थिति रहेको थियो। हेर्नुहोस,कार्यक्रमका तस्वीरहरु:-                             

Leave a Reply

Your email address will not be published. Required fields are marked *