टानको अध्यक्षमा सागर पाण्डे विजयी

काठमाडौं – ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल टानको अध्यक्षमा सागर पाण्डे विजयी हुनुभएको छ  ।

प्रत्यासी राजेन्द्र सापकोटालाई १०० मतान्तरले पछाडी पार्दै  पाण्डे विजयी हुनुभएको हो। पाण्डेले ५८० मत पाउँदा सापकोटाले ४८० मत हात प्राप्त गर्नुभयो ।

यस्तै वरिष्ठ उपाध्यषमा कर्मा शेर्पा, प्रथम उपाध्यक्षमा विष्णु प्रसाद लम्साल, द्वितिय उपाध्यक्षमा सनम शेर्पा विजयी हुनुभएको छ ।

त्यसैगरी महासचिवमा सोनाम ग्याल्जेन शेर्पा, सचिवमा रिन्जी जाङ्बु शेर्पा, कोषाध्यक्षमा गौतमराज वाग्ले र सहकोषाध्यक्षमा लाक्पा तेम्बा शेर्पा विजयी हुनुभएको छ ।

त्यस्तै महिला सदस्यमा पवित्रा तामाङ, खुला सदस्यमा अम्बीरबहादुर तामाङ, छाप्ते लामा शेर्पा, राजु गुरुङ, फुर्वा छिरिङ भोटे, सागर राई, विकास गुरुङ, होमबहादुर विश्वकर्मा र विनोद कुमार तामाङ विजयी हुनुभएको छ  ।
नयाँ नेतृत्व चयनका लागि टानमा सोमबार निर्वाचन भएको थियो।