प्रदेश १ मा एमालेका गुरुप्रसाद बराल र कांग्रेसका गोपालकुमार बस्नेतको मत बराबर

काठमाडौं ! राष्ट्रियसभा निर्वाचनको प्रदेश १ मा अन्ततर्फ कांग्रेस उम्मेदवार गोपालकुमार बस्नेत र एमालेका उम्मेदवार गुरुप्रसाद बरालको मत बराबर आएको छ। निर्वाचन आयोगका अनुसार दुवै जनाको मतभार ४४८८ आएको हो।
अन्यतर्फ बस्नेत, बराल र राप्रपाका अमरबहादुर विष्टको उम्मेदवारी परेको थियो।

मतभार बराबर आएपछि निर्वाचन आयोगसँग दुई विकल्प रहने बताइएको छ। जसअनुसार कि त गोलाप्रथा वा पुनःनिर्वाचन हुने प्रावधान रहेको आयोगका एक सदस्यले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *