राष्ट्रियसभा चुनाव चल्दाचल्दै माओवादी सांसदद्वारा निर्वाचन अधिकृतमाथि दुर्व्यवहार

काठमाडौ ! बागमती प्रदेशमा जारी राष्ट्रियसभा चुनावको मतदान स्थलमा नेकपा माओवादी केन्द्रकी सांसद हिमाली गोलेले मतदान गर्दै गरेको फोटो खिचेपछि लफडा भएको छ ।

बुधवार बिहान हेटौंडा उपमहानगरपालिका–८ स्थित  औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयको सभाहलमा रहेको मतदान केन्द्रमा प्रदेश सांसद गोलेले फोटो खिचेपछि गोप्य मतदानको फोटो नखिच्न निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले आग्रह गरेका थिए ।

सांसदहरूले नै बनाएको कानून भएकाले उल्लंघन नगर्न श्रेष्ठले आग्रह गर्दा माओवादीकै सांसद राजकाजी श्रेष्ठले अधिकृत श्रेष्ठमाथि दुर्व्यवहार गरे । ‘सांसदलाई कानून सिकाउने को हो’ भन्दै श्रेष्ठले निर्वाचन अधिकृत श्रेष्ठको कठालो समातेपछि केही समय मतदान प्रभावित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *