राष्ट्रिय सभा चुनावमा प्रदेश १ बाहेकको निर्वाचनमा मत नहाल्न राप्रपाको निर्देशन

काठमाडौं ! राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश-१ बाहेकका प्रदेशमा राष्ट्रिय सभा चुनावमा मत नहाल्न जनप्रतिनिधिलाई निर्देशन दिएको छ।
मंगलबार बसेको राप्रपाको पदाधिकारी बैठकले प्रदेश-१ मा आफ्ना उम्मेदवारलाई मतदान गर्न र अन्य प्रदेशमा आफ्नो पार्टीका उम्मेदवार नभएकाले  मतदान प्रक्रियामा सहभागी नहुन निर्देशन दिने निर्णय गरेको महामन्त्री भुवन पाठकले जानकारी दिए।

राष्ट्रिय सभाका १९ सदस्यका लागि भोली बुधबार बिहान ९ बजेदेखि मतदान हुँदैछ।
राष्ट्रिय सभामा प्रदेश सभाका सांसद र स्थानीय तहका प्रमुख र उपप्रमुख (गाउँपालिका अध्यक्ष र उपाध्यक्षसमेत) मतदाता हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *