बारा-२ बाट पाँच हजार बढी मतान्तरसहित उपेन्द्र यादव निर्वाचित

काठमाडौं ! बारा निर्वाचन क्षेत्र नम्बर–२ को मतगणना सकिएको छ। निकै रोमान्चक मोडमा रहेको उक्त मतगणनाबार बाट जसपाका उम्मेदवार उपेन्द्र यादव  विजयी भएका छन्। उपेन्द्र यादव जसपाका अध्यक्ष समेत हुन् ।

उनले २८ हजार ४१४  मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी  जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले २३ हजार ३३४ मत प्राप्त गरे। यादव पाँच हजार ८० मतको अन्तरमा विजयी भएका हुन्।  तेस्रो स्थानमा नेकपा एमालेका पुरुषोत्तम पौडेलले १० हजार २१६ मत ल्याए। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का रमेशप्रसाद खरेल २ हजार ८२९ मतका साथ चौथो भए।

एक लाख पाँच हजार २४८ मतदाता रहेको यो निर्वाचन क्षेत्रमा ६९ हजार १०७ मत खसेको जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख सरोज चौधरीले बताए। त्यसमध्ये ३७ हजार ४९ पुरुष र ३२ हजार ५८ महिलाको मत खसेको थियो।

मंसिर ४ को निर्वाचनबाट निर्वाचित रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि उक्त क्षेत्र खाली रहेको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *