तनहुँ उपनिर्वाचन मतगणना : रास्वपाका वाग्ले दोब्बर मतले अघि,भट्टराईलाई पछ्याउँदै खनाल

तनहुँ । प्रतिनिधि सभा उपनिर्वाचन अन्तर्गत तनहुँ क्षेत्र नम्बर १ अको मतगणना जारी छ। अहिलेसम्ममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. स्वर्णिम वाग्लेको अग्रता अन्य पार्टीका उम्मेदवार भन्दा दोब्बर बनाएका छन् ।

हालसम्म सार्वजनिक मतपरिणाम अनुसार वाग्लेले ५९०० मत पाएका छन् भने दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले २६८७ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले १६५७ मत पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *