उपनिर्वाचन अन्तर्गत सुरु भयो तीनै क्षेत्रमा मतदान

काठमाडौँ । निर्वाचन आयोगले तीनै निर्वाचन क्षेत्रमा मतदान सुरु भएको जनाएको छ ।   बारा  २, चितवन २ र तनहुँ १ का विभिन्न मतदान स्थलहरुमा मतदान सुरु भएको हो । आयोगका सहायक प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार आज  साँझ ५ बजेसम्म मतदान जारी रहने छ । आफ्नो तोकिएको मतदान केन्द्रमा उपस्थित भई मतको सदुपयोग गर्न आयोगले आह्वान गरेको छ ।

आयोगले मतदानका दिन पनि आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि निर्वाचन अनुगमन समिति, विशेष अनुगमन टोली र अनुगमन अधिकृतलाई खटाइएको जनाएको छ । मतदान कार्यमा खटिएका कर्मचारी एवं सुरक्षाकर्मीबाट समेत सूक्ष्म अनुगमनको कार्य भइरहेको  आयोगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *