उद्योग बाणिज्य महासंघमा अन्जन र उमेशलाल पुनः भिड्ने : संघाई भए आउट

काठमाडौं ! नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा पुनः निर्वाचन हुने भएको छ । कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मतभार नपुर्याएपछि पहिलो र दोस्रो हुनेबीच पुनः प्रतिस्पर्धा हुने भएको हो ।

दोस्रो चरणमा उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको छ । एसोसियटतर्फ सर्वाधिक मत ल्याएका रामचन्द्र सांघाई भने १ प्रतिशतले पछि पर्दै रिङबाटै बाहिरिएका छन् । मुख्य निर्वाचन अधिकृत लिलामणी पौडलले दोस्रो चरणको मतदान हुने जनाएका छन् ।

जिल्ला नगर तर्फबाट कुल ११७ मत खसेकोमा रामचन्द्र सघंईले ३९ मत, उमेशलाल श्रेष्ठले २८ र अन्जन श्रेष्ठले ४७ मत पाएका छन् ।

वस्तुगत तर्फ खसेको कुल १२३ मत खस्दा वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार रामचन्द्र सघंईले १२ मत, अन्जनले ४१ मत र उमेशलाल श्रेष्ठले ६९ मत पाएका छन् । एक मत बदर भएको थियो । बस्तुगत तर्फबाट सर्वाधिक मत पाएसँगै उमेशलालले दोस्रो चरणमा भिडन्त पक्का गरेका हुन् । जिल्ला नगर र एसोसियटको मत गणना सकिँदा तेस्रो स्थानमा रहेका उमेशलालले बस्तुगत तर्फको मतगणनाबाट ‘बाउन्स ब्याक’ गरेका हुन् ।

एसोशिएट तर्फ भने सांघाईले ६१३ मत ल्याएका । अन्जन श्रेष्ठले ५७३ र उमेश श्रेष्ठले ४२६ मत ल्याएका छन् ।

महासंघ निर्वाचनमा वरिष्ठ उपाध्यक्षका लागि जिल्ला नगरको मतभार ५० प्रतिशत, एसोसिएट ३० प्रतिशत र बस्तुगतको २० प्रतिशत हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *