उद्योग वाणिज्य महासंघ निर्वाचन : वस्तुगत तर्फको उपाध्यक्षमा हेमराज ढकाल विजयी

काठमाडौं ! नेपाल उद्योग वाणिज्य महासंघ वस्तुगत तर्फको उपाध्यक्षमा हेमराज ढकाल विजयी भएका छन्। बुधबार सम्पन्न निर्वाचनमा महासंघको वस्तुगत तर्फको उपाध्यक्षमा हेमराज ढकाल विजयी भएको महासंघको निर्वाचन समितिले जनाएको छ।

ढकाल आफ्ना प्रतिस्पर्धी निषलाल प्रधान र सुकुन्तलाल हिराचनलाई हराउँदै विजयी भएका हुन्। वरिष्ठ उपाध्यक्षमा उम्मेदवार उमेशलाल श्रेष्ठको टिमबाट महासंघको बस्तुगत तर्फको उपाध्यक्षमा चुनाव लडेका ढकालले प्रधान र हिराचनको भन्दा ९ मत बढी प्राप्त गरि बिजयी भएका हुन् ।

वस्तुगत संघको क्षेत्राधिकार विस्तार र सम्मानित निजी क्षेत्र बनाउने प्रतिबद्दता सहित महासंघको बस्तुगत तर्फको उम्मेद्वारी दिएका ढकालले वस्तुगत संघहरुका साथिहरुको समस्या, चुनौतीलाई सरकारसँग पुर्याएर समाधान तथा सम्भावनालाई साथ दिने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *