उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन आज राष्ट्रपति समक्ष पेस गरिंदै

काठमाडौँ । चैत ३ गते सम्पन्न उपराष्ट्रपतिको निर्वाचनको प्रतिवेदन निर्वाचन आयोगले आज राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेस गर्ने भएको छ ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम आयोगले निर्वाचनको परिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्ने प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

उक्त निर्वाचनमा जसपा नेता रामसहाय यादव विजयी भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *