शुन्य समयमा उपराष्ट्रपतिको मत मागेर काङ्ग्रेसले उल्लंघन गर्‍यो आचारसंहिता : एमालेले दियो उजुरी

काठमाडौं ! नेकपा एमालेले उपराष्ट्रपति निर्वाचनको शून्य समयमा मत मागेर नेपाली कांग्रेसले आचारसंहिताको गम्भीर उल्लंघन गरेको जनाएको छ । एमाले सचेतक महेश बर्तौलाले विज्ञप्ती जारी गर्दै कांग्रेसको निर्णयले निर्वाचनको मर्यादा, स्वच्छ्ता र निष्पक्षतालाई  कमजोर बनाएको बताएका हुन् ।

चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनको लागि मंगलबार राती १२ बजेदेखि शून्य समय प्रारम्भ भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *