उपराष्ट्रपतिका उम्मेदवार रामसहायविरुद्ध पर्यो उजुरी : यस्तो छ कारण

काठमाडौँ ! जसपाका नेता एवं उपराष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गराएका रामसहायप्रसाद यादवको उम्मेदवारी विरुद्ध उजुरी परेको छ। उक्त उजुरी संविधान र कानुनविपरीत रहेको भन्दै नेकपा एमालेले दिएको हो।

उपराष्ट्रपति पदका लागि एमालेबाट उम्मेदवारी दिएकी अष्टलक्ष्मी शाक्य (बोहरा)को प्रतिनिधि एवं सांसद महेश बर्तौलाले नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा शनिबार उजुरी दर्ता गरेका हुन् ।

राष्ट्रपतिमा पुरुष निर्वाचित भइसकेकाले उपराष्ट्रपति पनि पुरुष हुन नहुने भन्दै एमालेले जसपाका उम्मेदवार यादवविरुद्ध उजुरी दिएको हो । साथै यादवको उम्मेदवारी कानुनविपरीत रहेको एमालेको दाबी छ ।

उपराष्ट्रपति पदका लागि आज उम्मेदवारी दर्ता गर्ने दिन थियो सोही क्रममा गठबन्धनका उम्मेदवार एवं जसपा नेता यादवले उम्मेदवारी दिएका थिए। उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते हुँदैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *