जसपा नेतृ प्रमिला यादवले पनि गराइन उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालकी नेतृ  प्रमिला यादवले   उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गरेकी छन् । शनिबार मुख्य निर्वाचन अधिकृतको कार्यालय बानेश्वर पुगेर यादवले उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएकी हुन् । यादवको प्रस्तावकमा रन्जु झा, मृगेन्द्रकुमार सिंह यादव, नवलकिशोर शाह, दीपक कार्की, राजकिशोर यादव रहेका छन् भने समर्थकमा अनिता देवकोटा, सीता गुरूङ, वीरेन्द्र महतो, मनिस सुमन र सुशिला श्रेष्ठ रहेका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *