जसपाका नेता यादवले गराए उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता

काठमाडौं : सत्ता साझेदार दलहरुको समर्थनमा जनता समाजवादी पार्टी(जसपा) का तर्फबाट रामसहाय प्रसाद यादवले उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएका छन्।

 

 

उनको प्रस्तावकमा जसपाका अशोक कुमार राई, प्रदीप यादव , नेकपा माओवादी केन्द्रका शक्ति बस्नेत, नेकपा एकीकृत समाजवादी पार्टीका किसान श्रेष्ठ र कांग्रेसका रमेशजंग रायमाझी रहेका छन्।

त्यसैगरी समर्थकमा रेखा यादव, अम्बिका काफ्ले, प्रकाश ज्वाला, खिमलला देवकोटा र भानुभक्त जोशी रहेका छन्। गठबन्धनमै आवद्ध जनमत पार्टीका तर्फबाट ममता झा पनि उम्मेदवार रहेकी छन्।

निर्वाचन आयोगले महिला उम्मेदवार हुनुपर्ने अडान लिए पनि पुरुषको उम्मेदवारी दर्ता भएको हो। गठबन्धन आवद्ध दलहरुले संविधानमा फरक समुदाय वा लिंग भनिएकाले महिला आवश्यक नभएको तर्क गरिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *