उपराष्ट्रपति पदका लागि मनोनयन दर्ता आज : दलहरुले उम्मेदवार टुंगो लगाउँदै

काठमाडौं ! उपराष्ट्रपति  पदको निर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । निर्वाचन आयोगले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा स्थापना गरेको निर्वाचन अधिकृतको कार्यालयमा शनिबार बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता गरिने जानकारी दिएको छ ।

उपराष्ट्रपति पदको लागि उम्मेदवार टुंगो लगाउन दलहरुको बैठक आज बिहान बस्दैछ। सत्ता गठबन्धनको बिहान ८ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ भने एमालेको बिहान ९ बजे पार्टी कार्यालय च्यासलमा बस्दैछ । चैत ३ गते हुने निर्वाचनका लागि आज उम्मेदवारी मनोनयन हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *