राष्ट्रपति निर्वाचनमा उम्मेदवार नेम्वाङको खर्च १६ हजार ५ सय

काठमाडौं ! राष्ट्रपति निर्वाचनमा उम्मेदवार सुवासचन्द्र नेम्वाङको १६ हजार खर्च भएको छ । नेकपा एमालेबाट राष्ट्रपतिको उम्मेदवार बनेका नेम्वाङको खर्च १६ हजार ५ सय रुपैयाँ भएको नेम्वाङका निर्वाचन प्रतिनिधि महेश बर्तौलाले जानकारी दिए ।

उक्त खर्च विवरण निर्वाचन अधिकृत महेश शर्मा पौडेललाई नेम्वाङका निर्वाचन प्रतिनिधि बर्तौलाले बुझाएका छन् ।

हिजो भएको निर्वाचनमा नेम्वाङ रामचन्द्र पौडेलसँग पराजित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *