राष्ट्रपति निर्वाचनमा आचारसंहिता : आजदेखि प्रचारप्रसारमा गर्न नपाइने

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनलाई लक्षित गर्दै आजदेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म प्रचारप्रसार निषेध गरेको छ । यही फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ । मतदान बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म जारी रहनेछ ।

आयोगले निर्वाचनका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी २०७९ फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गरिसकेको छ । सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौड्यालले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागु हुने निर्वाचन आचारसंहिता, २०७९ मा व्यवस्था गरिएको जानकारी दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *