राष्ट्रियसभाको उपनिर्वाचनका लागि लुम्बिनीमा तीन जनाको उम्मेदवारी दर्ता

काठमाडौं ! लुम्बिनी प्रदेशबाट राष्ट्रियसभाको उपनिर्वाचनका लागि तीन जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

सत्तागठबन्धनबाट नेकपा (एमाले)का कुमार दसौँदी, नेपाली कांग्रेसका माधवप्रसाद आचार्य र नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर रायले उम्मेदवारी दर्ता गराउनुभएको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिए ।

सत्तापक्ष गठबन्धनमै रहे पनि नागरिक उन्मुक्ति पार्टीले छुट्टै उम्मेदवारी दर्ता गराएको छ ।

रोल्पा निवासी दसौदी एमालेका केन्द्रीय सदस्य हुनुहुन्छ भने नेपाली कांग्रेसका उम्मेदवार आचार्य रोल्पाका पूर्वजिल्ला सभापति हुन् ।

चार दशकदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय आचार्य पार्टीमा महासमिति सदस्य हुन् ।

एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको उक्त सिटमा उपनिर्वाचन हुन थालेको हो ।

उपनिर्वाचनका लागि माघको २५ गते घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान हुनेछ । राष्ट्रियसभा सदस्यका लागि प्रदेशसभा सदस्य र पालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्नेछन् ।

लुम्बिनी प्रदेशमा कूल मतदाता सङ्ख्या तीन सय पाँच छ ।

जसमध्ये प्रदेश सांसदको सङ्ख्या ८७ र पालिका प्रमुख तथा उपप्रमुख मतदाताको सङ्ख्या दुई सय १८ रहेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । प्रदेशका एक सय नौ पालिकामध्ये कांग्रेसले ४८ पालिकामा जितेको छ ।

त्यसैगरी एमालेले २७, माओवादीले २५, जसपाले तीन, जनमोर्चा र लोसपाले दुईरदुई, राप्रपा र जनता प्रगतिशीलले एकरएक स्थानमा जितेका छन् ।

त्यस्तै प्रदेशमा ८७ सदस्यीय प्रदेशसभामा एमालेले २९, कांग्रेसले २७, माओवादीले १०, राप्रपा र नागरिक उन्मुक्तिले चाररचार, जसपा, लोसपा र जनमतले तीन–तीन, जनमोर्चा र नेकपा (एकीकृत समाजवादी)ले एक\एक र स्वतन्त्रबाट दुई निर्वाचित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *