समानुपातिकमा एमालेले पायाे २७ लाख मत,बन्यो पहिलो पार्टी

काठमाडौं । प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगका अनुसार १ करोड २६ हजार लाख ९६४ मतगणना भएको छ ।

अहिलेसम्मको मतगणना अनुसार एमालेले २६ लाख ९९ हजार ७१८ मत ल्याएर पहिलो स्थानमा रहेको छ। कांग्रेस २५ लाख ५७ हजार ५९६ मत पाएकाे छ ।

माओवादी केद्रले ११ लाख ४४ हजार ६५ मत ल्याएर तेस्रोमा रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी १० लाख ९८ हजार ३२१ मत ल्याइकाे छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ७० हजार७५६ मतसहित पाँचौ स्थानमा रहेको छ भने जनता समाजवादीको मत ३ लाख ९३ हजार ६६२ रहेको छ । जनमत पार्टीको मत ३ लाख ५४ हजार ३९० मत रहँदा एकीकृत समाजवादीको मत २ लाख ८२ हजार ३५१ छ । नागरिक उन्मुक्ति पार्टीले २ लाख ५० हजार ४१९ पाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *