उदयपुर–१ मा कांग्रेसका खड्का निर्वाचित

उदयपुर । उदयपुरको क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यमा परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसका नेता डा. नारायण खड्का चौथोपटक विजयी हुनुभएको छ ।

खड्काले ३१ हजार दुई सय ७० मत ल्याउँदा उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले) की मञ्जुकुमारी चौधरीले २८ हजार आठ सय ९१ मत प्राप्त गर्नुभयो ।

यस क्षेत्रमा ७६ हजार सात सय ५६ मत खसेको थियो । मतपरिणामअनुसार तीन हजार नौ सय १५ मत ल्याउँदै राप्रपाका ध्रुवकुमार रायमाझी तेस्रो स्थानमा रहनुभयो ।

यस क्षेत्रमा १६ जना उम्मेदवार रहेका थिए । पूर्वसहरी विकास राज्यमन्त्री चौधरी डा खड्काको पुरानै प्रतिस्पर्धी हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *