सुनसरी–१ बाट जसपाका नेता अशोक राई निर्वाचित

काठमाडौं । सुनसरी १ बाट जनता समाजवादी पार्टी (जसपा) नेपालका अशोककुमार राई निर्वाचित भएका छन् ।

भर्खरै सम्पन्न मतगणनामा राई निर्वाचित भएका हुन् । उनले आफ्नो निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गोमा तामाङलाई
१७ हजार ५९ मत प्राप्त गर्दै पराजित गरेका हुन् ।

पराजित तामाङले १६ हजार ६०६ मत प्राप्त गरिन् । त्यस्तै तेस्रो बनेको नेकपा माओवादी केन्द्रका मुक्सामहाङ सुब्बाले १३ हजार ८७ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका अशोककुमार राईले ७ हजार ७७४ मत पाएका छन् ।

यहाँ नेकपा एमालेका उम्मेदवार थिएनन् । जसपाका राईलाई नेकपा एमालेको समर्थन थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *