काठमाडौं ! प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा एमालले नेपाली कांग्रेसको भन्दा १ लाख ३१ हजार बढी मत बटुलेको छ ।
अहिले बिहानको पछिल्लो गणना अनुसार एमालेले २५ लाख १६ हजार ५९२ मत पाउँदा कांग्रेसको खातामा २३ लाख ८५ हजार १०३ मत चढेको छ ।
तेस्रो स्थानमा नेकपा माओवादी केन्द्रलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीले रफ्तार बढाएको छ । रास्वपाको १० लाख ५९ हजार ७६ मत पुगेको छ भने माओवादी केन्द्रको १० लाख ५१ हजार १४३ मत छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ४४ हजार १४८ मतका साथ पाँचौँ स्थानमा रहँदा जनता समाजवादी पार्टी ३ लाख १७ हजार ४४ मत पाएर छैठौँ र जनमत पार्टी २ लाख ५४ हजार ६५७ मत पाएर साताैँ स्थानमा छ ।
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी २ लाख ४८ हजार ४१५ मतका साथ आठाैँ स्थानमा छ । यसअघि जनमत पार्टी भन्दा अगाडि रहेकाे नेकपा एस अहिले पछि परेकाे हाे । नागरिक उन्मुक्ति पार्टीले २ लाख ३६ हजार ९८१ मत पाएको छ ।