कैलालीका सबै निर्वाचन क्षेत्रको मतगणना भोलिबाट हुने

धनगढी ! कैलालीका सबै निर्वाचन क्षेत्रको आज भएको निर्वाचनको मतपेटिका गणनास्थलमा ल्याउने क्रम जारी रहेको छ । ५ निर्वाचन क्षेत्र रहेको कैलालीको मतगणना भने भोलिदेखि मात्रै हुने भएको छ ।

मुख्य निर्वाचन अधिकृत ओम प्रकाश अर्यालले अहिले मतदान स्थलमा मतपेटिका ल्याउने क्रम जारी रहेकोले भोलिदेखि मात्रै मतगणना गरिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *