लमजुङको मतगणनास्थलमा तारजाली र सीसी क्यामरा जडान

काठमाडौं ! लमजुङमा निर्वाचन प्रचारको समय सकिएसँगै सुरक्षा चुनौतीलाई हेरी मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतपेटिका राख्ने र मतगणना स्थान तयार पारेको छ ।

जिल्ला समन्वय समितिको सभाहलभित्र तयार पारिएको मतगणनास्थलमा तारजाली र पेटिका राख्ने ठाउँमा सीसीटीभी क्यामरा जडान गरिएको छ ।मतगणनास्थलमा दलका उम्मेदवाररप्रतिनिधिलाई बस्ने व्यवस्था तारजालीभन्दा बाहिर बनाइएको छ । मतपेटिका राख्ने ठाउँका लागि चारवटा कोठा व्यवस्थापन गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले मतगणना हुने बेला सुरक्षा चुनौती थपिने भन्दै सुरक्षाका सबैखाले मापदण्ड अपाइनएको बताए । ‘मतगणना निकै संवेदनशील हुन्छ । मतपेटिकालाई सुरक्षित राख्नुपर्छ, कुनै पनि घटना हुन नदिनु हाम्रो कर्तव्य हो,’ उनले भने । मतदानस्थलमा हुने असुरक्षा र हुन सक्ने धाँधलीलगायतका गतिविधि नियन्त्रण गर्न तथा नियाल्न सीसी क्यामरा जडान गरिएको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले बताए । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बेंसीसहर नगरपालिकाको सहयोगमा ४ लाख ५० हजार रुपैयाँका सीसी क्यामरा जडान गरिएको हो । स्थानीय तह निर्वाचनमा पनि जडान गरिएको थियो ।

लमजुङबाट प्रतिनिधिसभा सदस्यका लागि एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ चुनावी मैदानमा छन् ।
न्युज कारखाना

Leave a Reply

Your email address will not be published. Required fields are marked *