चुनावी प्रचारप्रसारको अन्तिम दिन : उत्साही हुँदै बिहानैबाट घरदैलोमा राना

धनगढी ! आसन्न मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको लागि उम्मेदवारहरुले प्रचारप्रसार गर्ने अन्तिम दिन आज हो। आज राती १२ बजेसम्म निर्वाचनको प्रचारप्रसार गर्न पाइने हुनाले एमालेबाट कैलाली क्षेत्र न.५ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार नारदमुनी राना बिहानैबाट जनतासंगको भेटघाटमा व्यस्त हुनुहुन्छ। उम्मेदवार रानाले आज बिहानैबाट कैलारी गाउँपालिको वडा न.९ मा पुगि आफ्नो भेटघाट कार्यक्रम सुरु गरिसक्नु भएको छ। धनगढी उपमहानगरपालिकाका १९ वटा वडा र कैलारी गाउँपालिकाका २ वटा वडाहरु रहेको निर्वाचन क्षेत्र न.५ मा उम्मेदवार रानालाई जनतासंग भेटघाट एवं चुनावी कार्यक्रममा भ्याइनभ्याई छ।

निवर्तमान सांसद समेत रहनुभएका उहाँले क्षेत्र न.५ मा विकासको जग बसाएकाले पनि अधिकांश जनताको सद्भाव उहाँमाथि रहेको उक्त घरदैलो एवं भेटघाटमार्फत झल्किएको छ। जनताको उल्लेख्य साथ पाउने परिस्थिति देखेर उम्मेदवार रानापनि उत्साही देखिनु भएको छ। आफू विगतमा गरिएका समृद्धिका अधुरा कामहरु पूरा गर्न फेरि निर्वाचनमा होमिएको र जनताले साथ दिने अटुट बिश्वास रहेको उहाँको भनाई छ। ०७४ सालको निर्वाचनमा प्रधानमन्त्री पत्नी आरजु राणा(देउवा) लाई हराएर देशभर चर्चाको शिखरमा पुग्नुभएका रानाका यसपटकको निर्वाचनका प्रतिस्पर्धी सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका नेता डिल्लीराज पन्त र स्वतन्त्र उम्मेदवार पुष्कनाथ ओझा हुनुहुन्छ। स्वतन्त्र उम्मेदवार ओझा विगतमा कांग्रेस रहेकोले उहाँ र पन्तमा भोट बाडिने देखिएकोले एमाले उम्मेदवार रानालाई चुनाव जित्न सहज हुने आकलनपनि गरिएको छ।                                                                     

Leave a Reply

Your email address will not be published. Required fields are marked *