वीरबहादुर बलायरका कारण फास्ट ट्रयाकको काम रोकियोः लेखराज भट्ट

कैलाली !  नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले खुटीया दीपायल फास्ट ट्रयाकको काम बजेट काटेर वीरवहादुर बलायरले रोकेको आरोप लगाएका छन्। गोदावरी नगरपालिका वडा नम्वर ४ मा आयोजित एक सभालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन्।

आफ्नो पहलमा फास्ट ट्रयाक निर्माणका लागि बजेट छुट्याएको बताउँदै उनले पछि बलायर मन्त्री भएर बजेट काटेको बताए। भट्ट र बलायर कैलाली क्षेत्र न.४ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार हुन् । डोटी घर भएका बलायरलाई कैलाली ४ मा टुरिस्ट उम्मेदवारको पनि संज्ञा दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *