कैलाली – ५ मा विकासको जग बसाएका राना आगामी निर्वाचनमा निर्विकल्प जस्तै

धनगढी ! नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं कैलाली क्षेत्र न.५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार नारदमुनी रानाले आफ्नो चुनावी अभियानलाई तीब्र बनाउनु भएको छ। मंसिर ४ नजिकिंदै जांदा जनताको अपार माया पाएका उम्मेदवार रानाले गाउँबस्ती देखि शहरका टोलटोलमा भेला एवं घरदैलो अभियानलाई तीब्रता दिनुभएको हो। पाँच बर्षअघि गाउँका सडकहरु राजमार्गहरुसंग जोडिएका थिएनन् तर रानाले जितिसकेपछि आजसम्मको दिनसम्म कैलाली ५ का अधिकांश सडकहरु पिच बनेका छन्,सडकहरु फराकिला बनेका छन् र राजमार्गका सडकहरुपनि ४ लेन र ६ लेनका बनेका छन् । यिनै उपलब्धिहरुलाई जनतामाझ लगेर दोस्रो पटकपनि बाजि मार्ने दाउमा रहेका रानालाई जनताले फेरिपनि विश्वास गर्ने आश्वासन दिएका छन् ।

उम्मेदवार रानाले आफुले घरदैलो र टोलभेलामा विकासको जग बसाएकोले अब फेरि अधुरा सपनाहरुलाई पूरा गर्न आफुलाई जिताउन अपिल गर्नुभएको छ। उक्त घरदैलो अभियानबाट जनताले पनि गफ गर्ने नेता भन्दा काम गर्ने नेतालाई भोट दिने प्रतिक्रिया दिएका छन् । उनीहरुले अरुको तुलनामा नारदमुनी रानाले धेरै कामहरु गरेकोले अबको भोट पनि दिने प्रतिक्रिया दिएका छन् । समग्रमा गाउँबस्ती र शहरका टोलहरुमा पुग्दा जनताको प्रतिक्रिया उहाँप्रति सकारात्मक देखिन्छ र उम्मेदवार रानापनि जनताको साथ देखेर उत्साही देखिनुहुन्छ। हरेक टोलका जनताको आश्वासन र माया देखेर उम्मेदवार राना कैलाली ५ मा निर्विकल्प जस्तै देखिनुभएको छ।

कैलाली क्षेत्र न.५ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवारमा रानासंगै सत्ता गठबन्धनबाट काङ्ग्रेस नेता डिल्लिराज पन्त र स्वतन्त्रबाट पुस्करनाथ ओझा हुनुहुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *