जनता सुर्य चिन्हमा मत हाल्न आतुर, आफ्नो जित सुनिश्चित : नारदमुनी राना

धनगढी !  नेकपा एमालेका पोलिट्ब्युरो सदस्य एवं कैलाली-५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार नारदमुनी रानाले जनता एमालेलाई भोट दिन आतुर रहेको प्रतिक्रिया दिनुभएको छ । उम्मेदवार   रानाले धनगढी उप महानगरपालिकाका विभिन्न ठाउँमा घरदैलो कार्यक्रममा आफु आफू पुग्दा जनताको अपार माया पाएको उल्लेख गर्नुभयो साथै उहाँले जनता सुर्य चिन्हमा मतदान गर्न आतुर देखिएको बताउनुभयो।

एमाले सरकारमा भएका बेला देशको आर्थिक उन्नती, बिकासमा गती भएपनि गठबन्धन सरकार आएपछि देशमा भएको बेथितीका कारण जनता गठबन्धनबाट आजित बनेको भन्दै उम्मेदवार रानाले बिकास र सम्बृद्धीका लागी जनताको रोजाई एमालेनै रहेको बताउनुभयो । देशभरी जस्तै कैलाली क्षेत्र नम्बर ५ मा पनि एमालेको पक्षमा निकै उत्साहपुर्ण जनलहर चलेको छ रानाले भन्नुभयो “आम जनताको यो साथले निकै उच्साहित बनाएको छ, हामीले गरेका कामले जनता बिश्वस्त छन्, त्यस कारण हम्रो जित निश्चित छ ।” उम्मेदवार रानाले आफ्ना चुनावी घरदैलो अभियान आक्रामक रुपले अघि बढाइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *