बृद्धबृद्धासँग विजयको आशीर्वाद लिंदै एमाले उम्मेदवार नारदमुनी राना

धनगढी ! नेकपा(एमाले) का पोलिटब्यूरो सदस्य एवं कैलाली-५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार नारदमुनी रानाले आफ्नो चुनावी अभियान आक्रामक बनाउनु भएको छ। धनगढी उपमहानगरपालिकाका १९ वटै वडा र कैलारी गाउँपालिकाका २ वटा वडाहरुमा घरदैलो लगायत चुनावी अभियान तीब्र छ । उहाँले जनतासँगको भेटमा आफुले गत कार्यकालमा विकासको जग बसाएकोले अब त्यसैलाई पूरा गर्न आफुलाई जिताउन अपिल पनि गर्नुभएको छ।

उम्मेदवार रानाको घरदैलो मार्फत युवा देखि बृद्धबृद्धाहरुले उहाँलाई विजयको आशीर्वाद दिएका छन् । एमालेले देश र जनताको लागि उल्लेख्य काम गरेकाले आफुहरुले एमालेका सम्पुर्ण उम्मेदवारहरुलाई जिताउने उहाँहरुको भनाई थियो। बृद्धबृद्धाहरुले त आफुहरुलाई १ सय रुपैयाँबाट एमालेले सुरु गरेको भत्ता आज ४ हजार पुगेको र एमालेले आफुहरुलाई पालनपोषण गरेकोले कुनैपनि हालतमा एमालेलाई भोट दिएर जिताउने उद्घोष गरे। उम्मेदवार रानाले बृद्धबृद्धाहरुसँग आफुलाई जिताएर फेरि सेवा गर्ने मौका दिन र एमालेले जिते उद्घोष गरेबमोजिम पाँच हजार बृद्धभत्ता पुर्याउने बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *