नारदमुनी रानाको युवालाई अपिल : एमालेले हारे देशले हार्छ,त्यसैले जिताउने गरि लाग्नुहोस्

धनगढी ! नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य एवं कैलाली क्षेत्र न.५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार नारदमुनी रानाले एमालेले चुनाव हार्दा देशले हार्ने भन्दै एमालेलाई भोट हालेर जिताउन मतदाताहरुलाई अपिल गर्नुभएको छ। आज बिहीवार धनगढी उपमहानगरपालिका वडा न.३ मा आयोजित पार्टीको युवा भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो।

उहाँले देशलाई अग्रगमनतर्फ लैजान एमाले सरकारले खेलेको भुमिका सम्झन सबैमा अनुरोध गर्नुभयो। उहाँले एमाले सरकारमा बस्दा जनताका मुर्छित सपनाहरु जगाउने प्रयास गर्‍यो । विकासका अभियानहरु चलायो,उद्योग-कलकारखानाहरु खोल्न योजना ल्यायो।औधोगिक क्रान्तिमार्फत सुदूरपश्चिमका हजारौ युवाहरुलाई रोजगार बनाउन योजना ल्यायो तर सत्ता गठबन्धन नामको समूहले एवं नेपाली काङ्ग्रेसले देशका कलकारखानाहरु बेचेर लाखौं युवाहरुलाई बेरोजगार बनायो तसर्थ देशको हितमा सोच्ने एमालेलाई रोज्न अपिल गर्नुभयो।

उम्मेदवार रानाले देशको भाग्य र भविस्य बनाउने युवाहरु रहेकोले युवा सोचलाई एमालेको देश बनाउने अभियानमा लगाउन अनुरोध गर्नुभयो। साथै उपस्थित सबै युवाहरुलाई निर्वाचनमा एमालेलाई विजयी बनाउनेगरी होमिन निर्देशनपनि दिनुभयो। सो भेलामा एमालेबाट कैलाली ५(२) प्रदेशसभा सदस्यका उम्मेदवार दुर्गा जोशी,प्रदेशसभा समानुपातिक उम्मेदवार धर्मराज पाठक लगायतका नेताहरुको पनि उपस्थिति थियो।                                                                             

Leave a Reply

Your email address will not be published. Required fields are marked *