कैलाली – ५ मा घरदैलो अभियान तीब्र पार्दै एमाले उम्मेदवार नारदमुनी राना : जनताको उल्लेख्य साथ

धनगढी ! नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य एवं कैलाली क्षेत्र न.५ बाट आगामी मंसिर ४ को प्रतिनिधि सभा सदस्यका उम्मेदवार नारदमुनी राना  निरन्तर आफ्नो निर्वाचन क्षेत्रमा जनतामाझ हुनुहुन्छ। घरदैलो अभियानमार्फत उहाँले जनताका गुनासाहरु सुन्ने,आफुले गत कार्यकालमा गरेका विकासका कामहरुको अनुगम एवं निरिक्षण गर्ने,अनुगमन गरेका ठाउँमा जनताका राय सुझावहरु लिने अभियान तीब्र पार्नुभएको छ।

आगामी निर्वाचनबाट पनि उहाँ नै प्रतिनिधि सभा उम्मेदवारमा दोहोरिने पक्का जस्तै रहेको अवस्थामा मतदाताहरुले शुभकामना दिनुका साथै आफ्ना आवस्यकता र गुनासाहरु राख्ने गरेको पाइएको छ । मतदाताहरुले अबपनि जित्ने तपाईले नै हो र तपाईजस्तो काम गर्ने मान्छेले नै जितेर अझ यो क्षेत्रलाई विकासको गतिले अघि बढाउन सुझाव दिएका छन् ।

घरदैलो अभियानमार्फत जनताका सुझावहरुलाई ग्रहण गर्दै प्रतिनिधि सभा सदस्यका उम्मेदवार नारदमुनी रानाले आफ्ना भगवान भनेका जनता भएकाले आफुले जनताका सम्पूर्ण गुनासा र सुझावहरुलाई ग्रहण गरेको प्रतिक्रिया दिनुभएको छ। उम्मेदवार रानाले आफुले यो क्षेत्रको विकास र सुशासनको लागि आगामी निर्वाचनमा जित्न जरुरी रहेकोले सबैले सुर्य चिन्हमा अमुल्य मत हाल्न अपिल गर्नुभयो। कैलाली-५ बाट प्रतिनिधि सभासंगै प्रदेश सभाहरुमा नेता नेपालु चौधरी र दुर्गा जोशी एमालेका उम्मेदवारहरु हुनुहुन्छ।उहाँहरुपनि नेता रानासंगै दैनिक रुपमा घरदैलो मार्फत मतदाताका घरघरमा जाने गर्नुभएको छ।                                                           

Leave a Reply

Your email address will not be published. Required fields are marked *