कैलाली – ५ का जनता भन्छन् : नारदमुनी रानालाई नजिताई हामी विश्राम लिन्नौं

धनगढी ! नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं कैलाली क्षेत्र न. ५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार नारदमुनी राना आफ्नो चुनावी अभियान अन्तर्गत हाल घरदैलो अभियानमा हुनुहुन्छ। आज बिहानदेखि नै दिनभर घरदैलो अभियानमा आफ्ना मतदाताको घर-आँगनमा पुग्नुभएका उम्मेदवार रानालाई जनताले यो पटकपनि सानदार तवरले मत दिएर विजयी बनाउने उद्घोष व्यक्त गरे। आज धनगढी उपमहानगरपालिका अन्तर्गत वडा न.५,६,१२ र कैलारी गाउँपालिकाको वडा न.६ मा मतदाताहरु सँगको भेटघाट एवं भेला मार्फत उहाँले आफुलाई यो पटकपनि भोट दिएर जिताउन अपिल गर्नुभएको थियो। प्रतिक्रियास्वरुप मतदाताले आफुहरुले नारदमुनी रानालाई नजिताई विश्राम नलिने विचार व्यक्त गरे।

‘गत ५ बर्षको दौरानमा तपाईं नारदमुनी रानाले उल्लेख्य कामहरु गर्नुभएको छ। सालौंदेखि नबनेका बाटाघाटाहरु बनेका छन्,हामीलाई आपतकालीन अवस्थामा तपाइँले समस्याको समाधान गरिदिनु हुन्छ।तपाइँले जे बोल्नुहुन्छ,त्यो पूरा गर्नुहुन्छ। अन्यदलका नेताहरु भोट माग्न आएपनि हामीले भोट हाल्ने र जिताउने नारदमुनी रानालाई नै हो।’-मतदाताहरुले सबै ठाँउमा संयुक्त रुपले भने।

अधिकांश क्षेत्रका जनताले देशको स्वाभिमान बचाउने काममा केपी ओलीले गौरवबोध गराएकाले एमालेका उम्मेदवारलाई निस्संदेह भोट हाल्ने प्रतिबद्धता व्यक्त गरे। अन्य दललाई भोट हालेर जिताए भारतीयलाई जबर्जस्ति नागरिकता बेच्छन,सत्ताका लागि दिल्लिमा पुगेर सौदाबाजी गर्छन,त्यसैले पनि स्वाभिमान बचाउने एमालेलाई नै आफुहरुको मत जाने अभिव्यक्ति दिए।

आजको घरदैलो कार्यक्रममा वृद्धवृद्धाहरुलाई भत्ता दिने पार्टी एमाले नै भएकाले पनि आफुहरुले अन्य दलका उम्मेदवारलाई भोट दिनै नसक्ने बताए। कैलाली-५ मा घरदैलो मार्फत भेटघाट गरिएका अधिकांश मतदाताले प्रतिनिधि सभा सदस्यका उम्मेदवार नारदमुनी राना लगायत प्रदेश सभा सदस्यका उम्मेदवारहरु नेपालु चौधरी र दुर्गा जोशीलाई नजिताई आफुहरुले विश्राम नलिने संकल्प प्रस्तुत गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *