‘चितवन अन्नको भण्डार हो तर अहिले अन्न बाहिरबाट किनेर खानुपर्ने परिस्थिति छ’- थपलिया

काठमाडौं !  नेकपा एमाले चितवन क्षेत्र नम्बर १ प्रदेशसभा ‘क’ का उम्मेदवार जेएन थपलियाले कृषि प्रणालीलाई अगाडि बढाउन सामुहिक खेतीमा जोड दिनुपर्ने बताएका छन् । आज एक कार्यक्रमको अवसरमा बोल्दै एमालेका केन्द्रीय सदस्य समेत रहेका थपलियाले सो कुरा बताएका हुन् ।

चितवनलाई अन्नको भण्डार चिनिने तर अहिले अन्न बाहिरबाट किनेर खानुपर्ने बाध्यता रहेको उनले बताएका छन् । कृषि प्रणालीलाई व्यवस्थित बनाउने काम आफूले गर्ने उनले बताए । कृषिमा आधुनिकीकरण आवश्यक रहेको भन्दै उनले कृषिको विकासलाई आफूले प्राथमिकतामा राखेको बताए ।

आफूहरुले चुनाव जिते वा नजिते पनि सधैँ जनताको काम गर्ने थपलियाको भनाइ छ । “हामीले जित्न त पक्कै जित्छौ तर नजिते पनि सधैँ तपाईहरुको सेवक हुन्छौँ ।” उनले भने “जितिसकेपछि तपाईहरुको घरदैलोमा आएर सामान्य भन्दा सामान्य विकासको कामहरुलाई पनि प्राथमिकताका साथ अगाडि बढाउँछौँ ।”

आफूले अरु पार्टीहरुको कुरा गर्न नचाहेको पनि उनले बताए । एमालेका जनप्रतिनिधिहरु इमानदार सेवकको रुपमा दिनरात जनताको सेवामा खटेकोले एमाले जनताको पार्टी भएको उनले बताए । विकासको गतिलाई अगाडि बढाएर मान्छेहरु सुन्दर ढङ्गले बाच्ने परिस्थिति तयार गर्ने उनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *