दार्चुलामा प्रतिनिधि सभा सदस्यका उम्मेदवार ठगुन्नाको घरदैलो अभियान : जनताद्वारा भव्य स्वागत

दार्चुला ! नेकपा एमालेका पोलिब्यूरो सदस्य,पूर्वमन्त्री एवं दार्चुलाबाट आसन्न मंसिर ४ निर्वाचनका लागि प्रतिनिधि सभा सदस्यका उम्मेदवार गणेशसिंह ठगुन्नाले आफ्नो चुनावी अभियानलाई तीब्रता दिनुभएको छ। आफ्नै गृहजिल्लामा रहेको सिमा विवाद लिपुलेक,लिम्पियाधुराको चुच्चेनक्सा जारी गर्न प्रमुख भुमिका खेल्नुभएका ठगुन्ना दार्चुलामा मात्रै हैन,देशभरी नै परिचित हुनुहुन्छ।

निवर्तमान सांसद समेत रहनुभएका ठगुन्नाले हिजो जिल्लाको मार्मा गाँउपालिका ६ मौरे, निम्ठाका जनताहरु सँग भेटघाट गर्नुभएको छ। जनताका गुनासाहरु सुनेर उचित कार्यान्वयन गर्ने स्वभावका नेता ठगुन्नालाई त्यस क्षेत्रका जनताले आगामी निर्वाचनमा पनि जिताउने उद्घोष गरेका छन् । प्रदेश सभा(ख) का प्रदेश सभा सदस्य पदका उम्मेदवार रामदत्त जोशी सहित पुग्नुभएका नेता ठगुन्नालाई त्यस क्षेत्रका जनताले भब्य स्वागत गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *