जनताको आशीर्वाद लिन नेतृ पाल कंचनपुर -३ का जनताको घरदैलोमा

कंचनपुर ! नेकपा एमालेकी पोलिटब्यूरो सदस्य एवं कंचनपुर -३ बाट प्रतिनिधि सभा सदस्यकी उम्मेदवार निरुदेवी पालले आजबाट आफ्नो चुनावी घरदैलो अभियान सुरु गर्नुभएको छ। उहाँले आफ्नो गृहवडा भिमदत्त नगरपालिका १७ बाट चुनावी घरदैलो अभियान सुरु गर्नुभएको हो। कंचनपुरले मात्र हैन,देशले नै चिनेको एक प्रभावशाली नेतृको नामले परिचित उम्मेदवार पालको जनतासँग पनि उत्तिकै सुमधुर सम्बन्ध रहेको छ। घरदैलो कार्यक्रमका क्रममा जनताले यो पटक कंचनपुर – ३ बाट नेतृ पाललाई जिताई छाड्ने उद्घोष व्यक्त गरे।

आफ्नो निर्वाचन क्षेत्रमा सामाजिक रुपले पनि अति नै सक्रिय नेतृ पालले कंचनपुरको विकासका लागि उल्लेख्य कामहरु गर्नुभएको छ। आफ्नो पहलमा केन्द्र सरकारबाट अर्बौका बजेटहरु ल्याई विकास निर्माणको गतिलाई तीब्र पार्नुभएको छ। शिक्षा,स्वास्थ्य लगायतका जनताका जनजिविकाका सवालमा उहाँका कामहरु उल्लेख्य रहेकाले उहाँ परिचित उम्मेदवार हुनुहुन्छ। नेतृ पालसँग सत्ता गठबन्धनबाट काङ्ग्रेस नेता रमेश लेखक प्रतिस्पर्धा गर्दै हुनुहुन्छ। उहाँलाई माओवादी लगायतको समर्थन रहेपनि जनताको चाहना नेतृ पालप्रति रहेको बुझिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *