कैलाली -४ मा एमालेको निर्वाचन परिचालन समितिको सम्पर्क सचिवालय उद्घाटन (फोटोफिचर)

धनगढी ! आसन्न मंसिर ४ को निर्वाचन प्रयोजनको लागि नेकपा एमाले कैलाली निर्वाचन क्षेत्र न. ४ निर्वाचन परिचालन समितिको सम्पर्क तथा सचिवालय उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। आज सोमबार एक कार्यक्रमका बिच उक्त कार्यालयको उद्घाटन गरिएको हो।

उक्त कार्यालयको उद्घाटन क्षेत्र न. ४ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार लेखराज भट्टले गर्नुभएको थियो। उक्त कार्यक्रममा प्रदेश सभा सदस्यका उम्मेदवारहरु,निर्वाचन परिचालन कमिटीका संयोजक लगायत क्षेत्र न.४ का नेता कार्यकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको थियो। सम्पर्क कार्यालयको उद्घाटनपछि नेता कार्यकर्ताहरुलाई प्रतिनिधि सभाका उम्मेदवार भट्टले निर्वाचनमा सफलता हासिल गर्नेगरी सबैजना एकजुट हुन आग्रह गर्नुभयो। उहाँले एमालेको नीति देश बनाउने भएकाले बाहिरी देश बिगार्ने तत्वहरुले जनतालाई भ्रममा पार्न सक्ने भएकाले जनतामा एमालेका देश बनाउने योजना र क्षेत्र न.४ का समृद्धिका योजनाहरु लैजान आग्रह गर्नुभयो।                                                                         

Leave a Reply

Your email address will not be published. Required fields are marked *