घरदैलो मार्फत बैतडीका जनतासँग आशिर्वाद लिंदै प्रतिनिधि सभा उम्मेदवार दामोदर भण्डारी (फोटोफिचर)

काठमाडौं ! आसन्न मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि राजनैतिक दलका उम्मेदवारहरुले आफ्नो चुनावी अभियानलाई तीव्र पारेका छन् । बैतडी जिल्लामा एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष एवं प्रतिनिधि सभा सदस्यका उम्मेदवार दामोदर भण्डारीले पनि आफ्नो चुनावी अभियानलाई तीव्रता दिनुभएको छ । एमाले बैतडीले चुनावी अभियान अन्तर्गत उम्मेदवार सहित घरदैलो कार्यक्रमको सुरुवात गरिसकेको छ।

बैतडीबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दामोदर भण्डारीको नेतृत्वको टोलीले आज सिगास वार्ड नं.९,८,७,६ र ५ को घरदैलो कार्यक्रम सकेको छ। उक्त वडाहरुमा उम्मेदवार भण्डारी सहित पुग्दा जनताले अपार स्वागत गरेको उक्त टोलीले बतायो। निवर्तमान प्रतिनिधि सभा सांसद समेत रहनुभएका भण्डारी बैतडीको विकासका आयाम रहेको र आगामी निर्वाचनमा उहाँलाई जिताइछाड्ने जनताको तीव्र चाहना रहेको उक्त घरदैलो अभियानमा सहभागी टोलीले बताएको छ।         

Leave a Reply

Your email address will not be published. Required fields are marked *