कैलाली – ४ : प्रदेश राजधानी अत्तरिया राख्ने भट्ट र डोटीमा सार्न खोज्ने बलायरबीच भिडन्त पक्का

काठमाडौं ! नेपाली काङ्ग्रेसले प्रतिनिधि सभाका लागि आफ्नो उम्मेदवारको टुंगो लगाएसंगै कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री लेखराज भट्ट र नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति एवं पूर्वमन्त्री वीरबहादुर बलायरबीच आगामी मंसिर ४ को निर्वाचनमा भिडन्त पक्का भएको छ।

एमाले सचिव भट्टले २०७४ को निर्वाचनमा नेपाली कांग्रेसका सुनिलकुमार भण्डारीलाई भारी मतान्तरले हराउँदै विजयी हुनुभएको थियो । उक्त समय बाम गठबन्धन थियो। उक्त समयमा नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बन्नुभएका नेता भट्टले ३१ हजार ३५९ र भण्डारीले २० हजार ९६० मत प्राप्त गर्नुभएको थियो।

एमालेले प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा सचिव भट्टको नाम सर्वसम्मत सिफारिस गरेको थियो। सत्तारुढ गठबन्धनमा डोटीमा नेकपा एकीकृत समाजवादीले उम्मेदवारी दिने सहमति भएपछि कांग्रेसका प्रदेश सभापति बलायर कैलाली ४ मा झर्नुभएको हो । डोटीमा एकीकृत समाजवादीका नेता प्रेम आले प्रतिनिधि सभामा उम्मेदवार बन्ने भएपछि बलाएर कैलाली -४ मा झर्नुभएको हो।

कैलाली-४ मा लामो समयबाट स्थानीय भएर बस्नुभएका एमाले सचिव भट्ट त्यस क्षेत्रका निकै लोकप्रिय नेता मानिनुहुन्छ। विगतदेखिनै त्यस क्षेत्रको विकास र जनताको समस्याहरु सुनुवाइ गर्दै आउनु भएका भट्टलाई बलाएरको आगमनसंगै निर्वाचन जित्न सहज हुने त्यहाँका मतदाताको तर्क छ। नेता भट्ट देश संघीयतामा जान लाग्दा अखण्ड सुदूरपश्चिमका अभियान्ता हुनुहुन्छ। सुदूरपश्चिमलाई अखण्ड बनाउन र क्षेत्र न.४ को अत्तरियामा प्रदेश राजधानी राख्न खेलेको भुमिकाको कदर स्वरुप त्यहाँका जनताले गुन तिर्ने स्थानीयले सभ्यखबरलाई बताए। उता काङ्ग्रेस नेता बलायर भने डोटिमा प्रदेश राजधानी राख्न चाहनुहुन्थ्यो। प्रदेश राजधानी अत्तरियामा राख्नलाग्दा डोटिका लागि आवाज उठाउनेमध्य बलायर प्रमुख नेता हुनुहुन्छ । अत्तरिया राजधानी राख्न नदिन अभियान थालेको अभियोगमा त्यस क्षेत्रका जनताले बलायरलाई बिर्सिएकी बिर्सिएका छैनन् ,आगामी मंसिर ४ को निर्वाचनले स्पष्ट पार्नेछ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *