गठबन्धनका उम्मेदवारलाई हराउँदै बुढीगंगाको मेयर/उपमेयरमा एमालेका उम्मेदवार विजयी

काठमाडौँ । बाजुराको बुढीगंगा नगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारलाई हराउँदै नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।
मेयरमा रामबहादुर बानियाँ र उपमेयरमा मायाकुमारी खड्का (कुँवर) को जित पक्का भएको हो । औपचारिक घोषणा भने हुन बाँकी छ ।

मेयरमा विजयी भएका एमालेका बानियाँले ४ हजार ७७७ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका प्परंगबहादुर खातीले ३७७४ मत पाएका छन् ।
१३ हजार ६५९ मतदाता रहेको बुढीगंगामा ९ हजार १२८ मत खसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *