बुढीगंगामा एमालेका उम्मेदवार जित तर्फ उन्मुख

बाजुरा ! बाजुराको बुढीगंगा नगरपालिकामा जारी मतगणनामा एमालेले अग्रता कायमै राखेको छ   ७ हजार ४१७ मत गणना हुँदा मेयरमा एमालेका रामबहादुर बानियाँले ३ हजार ८८१ मत ल्याएका छन् । उनलाई पछ्याइरहेका काँग्रेसका रंगबहादुर खातीले ३ हजार १०१ मत ल्याएका छन् । उनीहरूबीच ७८० मतको फरक छ । अब १ हजार ७११ मत गन्न बाँकी छ ।

उपमेयरमा एमालेकी मायाकुमारी खड्काले ३,७५३ ल्याएकी छन् । काँग्रेसकी रिता शाहले ३,१५३ मत ल्याएकी छन् । एमालेकी खड्का ६०० मतले अगाडि छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *