गठबन्धनलाई हराउँदै बुढीगंगा ९ मा एमाले उम्मेदवार सिंहको सानदार विजयी

काठमाडौं ! बाजुराको बुढीगंगा नगरपालिकाको वडा नम्बर ९ को वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। सत्ता गठबन्धनका उम्मेदवारलाई हराउँदै नेकपा एमालेका उम्मेदवार मिन बहादुर सिंह विजयी भएका हुन्।

विजयी सिंहले ४ सय ९२ मत प्राप्त गरे। ५ दलीय गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार भरत बहादुर थापा २ सय ९३ मतमा सीमित रहे। वडा नम्बर ९ बाट एमालेका मेयर उम्मेदवारले ५४२ प्राप्त गरे। काँग्रेसका मेयर उम्मेदवारले २५६ प्राप्त गरे। यस्तै, उपमेयरमा एमालेका उम्मेदवारले ५४२ र कांग्रेसका उम्मेदवारले २६० मत प्राप्त गरे।

१ हजार ४८३ मतदाता रहेको वडा नम्बर ९ मा ९३ मत खसेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *