बुढीगंगामा मतगणनाको तयारी,सर्वदलीय बैठक लगत्तै गणना हुने

काठमाडौं– पुन: निर्वाचन गरिएको बाजुराको बुढीगंगा नगरपालिकामा मतगणनाको तयारी हुँदैछ। बिहीबार निर्वाचन भएको बुढीगंगामा शुक्रबार बिहान मतगणनाको तयारी गरिएको छ।
त्यसका लागि अहिले ७ बजे सर्वदलीय बैठक बोलाइएको छ।

वैशाख ३० गते सम्पन्न भएको निर्वाचनमा धाँधली भएको भन्दै निर्वाचन आयोगले पुन: मतदान गराउने निर्णय गरेको थियो। सोही अनुसार बिहीबार भएको मतदानमा करिब ७० प्रतिशत मत खसेको थियो ।

बुढीगंगामा एमालेबाट प्रमुखमा रामबहादुर बानियाँ र गठबन्धनबाट रंग खाती चुनावी मैदानमा छन्। उपप्रमुखमा एमालेबाट मनाकुमारी खड्का र गठबन्धनबाट रिता शाही उम्मेदवार छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *