विराटनगर कार्यपालिकामा काङ्ग्रेस-जसपाको गठबन्धनलाई हराउँदै एमाले-स्वतन्त्र उम्मेदवारहरु विजयी

विराटनगर ! विराटनगर महानगरको कार्यपालिका निर्वाचनमा नेपाली काँग्रेस र जनता समाजवादी पार्टीको गठबन्धन पराजित भएको छ । यो गठबन्धनलाई हराउँदै एमाले र स्वतन्त्र उमेद्वारहरु कार्यपालिकामा निर्वाचित भएका छन् ।

काँग्रेस नेता शेखर कोइरालाको गृहनगर विराटनगरमा जसपासँग गठबन्धन गर्दा नगर परिषदमा बहुमतमा रहेको काँग्रेस निर्वाचनमा भने पराजित भएको छ । यसअघि कोइरालाकै क्षेत्रमा रहेको बुढीगंगा गाउँपालिकामा बहुमत हुँदाहुँदै काँग्रेस उमेद्वारहरु पराजित भएका थिए ।

महानगरको नगरपरिषदमा एमालेसँग उपमेयरसहित ४३ जना जनप्रतिनिधि हुँदा काँग्रेससँग मेयरसहित ४० जना थिए । जसपाका १० जना जनप्रतिनिधि हुँदा स्वतन्त्र  ३ र राप्रपाका १ जना थिए ।  शनिबार भएको कार्यपालिका चुनावमा काँग्रेस–जसपा गठबन्धनसँग ५० मत थियो भने एमालेले स्वतन्त्र र राप्रपासँग गठबन्धन गर्दा पनि ४७ मत मात्रै थियो । तर, जसपा र काँग्रेसका केही जनप्रतिनिधिले एमाले उम्मेदवारलाई मत दिँदा काँग्रेस र जसपा कार्यपालिकामा निर्वाचित हुन विफल भएका हुन् । काँग्रेसका धेरै उम्मेदवारले आफ्नै दलका पनि सबैको मत नपाएको देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *