गृहमन्त्री खाणको वडामा गठबन्धनलाई पराजित गर्दै एमालेको प्यानल नै विजयी

काठमाडौं ! गृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाणको वडा तिलोत्तमा-८ मा नेकपा एमालेको प्यानल विजयी भएको छ।
गठबन्धनको तर्फबाट वडा अध्यक्षका उम्मेदवार बनेका नेपाली कांग्रेसका केशवराज अर्याललाई हराउँदै एमालेका कृष्ण पौडेल निर्वाचित भएका हुन्।

पौडेलले १८९ मतको अन्तरले अर्याललाई पराजित गरेका हुन्।
वडामा खसेको ३ हजार ४ सय ६८ मतमध्ये एमालेका पौडेलले १ हजार ६१५ मत पाए। अर्यालले १ हजार ४२६ मत पाए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *