काठमाडौं महानगरको उपमेयरमा एमालेकी उम्मेदवार सुनिता डंगोल निर्वाचित

काठमाडौं ! काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोल निर्वाचित भएकी छन् । महानगरपालिकाको मतगणना नसकिँदै सुनिता उपमेयरमा विजयी भएकी हुन् ।

काठमाडौं महानगरपालिकामा १ लाख ६६ हजार ३ सय १३ मतगणना सम्पन्न हुँदा उपमेयरमा डंगोलले ६० हजार ६७५ मत पाएकी छन् । उनको निकटतम् प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादी पार्टीका रामेश्वर श्रेष्ठले २० हजार ६८६ मतमात्र पाएका छन् ।
अब २४ हजार ७७८ मत गणना हुन बाँकी हुँदा सुनिताको मतान्तर ३९ हजार ९८९ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *