काठमाडौ महानगरको उपमेयरमा सुनिता डंगोलको जित सुनिश्चित : गठबन्धनका उम्मेदवार भन्दा ४० हजार बढी मत

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाको उपमेयरमा एमालेकी उम्मेदवार सुनिता डंगोलको अग्रता कायमै छ ।

पछिल्लो मत परिणामअनुसार डंगोलले ६० हजार ६ सय ७५ मत ल्याउनु भएको छ । यो एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठको भन्दा ३९ हजार ९ सय ८९ मतले धेरै हो । श्रेष्ठले अहिलेसम्म २० हजार ६ सय ८६ मत पाउनु भएको छ ।

यस्तै, महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह अर्थात् बालेनले २० हजार मतकाे अग्रता बनाउनुभएकाे छ । १ लाख ६६ हजार ३१३ मत परिणाम भइसक्दा साहले प्राप्त गरेकाे मत ५४ हजार २१३ पुगेको छ ।

कांग्रेस उम्मेदवार सिर्जना सिंहले बालेनलाई पछ्याइरहनुभएकाे छ । एमालेका उम्मेदवार केशव स्थापित मेयरकाे दाैडमा तेस्राे स्थानमा हुनुहुन्छ । सिर्जना सिंहले ३४ हजार १८० मत पाउनुभएको छ । सिंह साहभन्दा २० हजार ३३ मतले पछाडि हुनुहुन्छ । यस्तै एमालेका केशव स्थापितले ३३ हजार ६०९ मत पाउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *