काठमाडौं – १८ को वडाध्यक्षमा नेकपा एमालेका न्हुछेकाजी महर्जन विजयी

काठमाडौं ! काठमाडौं महानगर वडा १८ को वडाध्यक्षमा नेकपा एमालेका न्हुछेकाजी महर्जन विजयी हुनुभएको छ । प्रतिस्पर्धी नेपाली कांग्रेसका राजन महर्जनको भन्दा करिब दोब्बर मत ल्याएर उहाँ वडाध्यक्षमा निर्वाचित हुनुभएको हो । यस वडामा महर्जनसहित एमालेको प्यानलै निर्वाचित भएको छ ।
न्हुछेकाजीले १२९३ मत ल्याउनुभयो भने कांग्रेसका राजनले ७७१ मा मात्र ल्याउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *