काठमाडौं महानगर : बालेन जित तर्फ उन्मुख,स्थापित र सिंह दोस्रो र तेस्रोका लागि प्रतिस्पर्धा

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रतालाई अझै कायम गरिरहेका छन् ।

पछिल्लो मत परिणाम अनुसार उनले ५३०५६ मत प्राप्त गरका छन् । उनले अन्य प्रतिस्पर्धीहरु भन्दा लामो अग्रता कायम गरिरहेका हुन् ।

त्यस्तैगरी उनका प्रतिद्वन्द्वी तथा नेकपा एमाले उम्मेदवार केशव स्थापितले ३३ हजार १६६ मत ल्याएर दोस्रो पोजिशन कायम गरेका छन् । यसअघि उनी नेपाली काँग्रेसका मेयरका उम्मेदवार सिर्जना सिंहभन्दा पछि थिए ।
हालसम्म सिर्जना सिंहले ३३१०५ मत प्राप्त गरेकी छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म काठमाडौं महानगरपालिकाको १ लाख ६४ हजार ५६० मत गनिसकिएको हो ।

गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको नतिजा आउने क्रम अन्तिम चरणमा पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *