तुलसीपुर उपमहानगरको मेयर-उपमेयरमा एमालेको जित निश्चित

दाङ ! दाङको तुलसी उपमहानगरपालिकामा नेकपा एमालेले जित निकाल्ने पक्का भएको छ।

नेपाली कांग्रेसको भोट बैंक मानिने वडाहरुमा समेत अपेक्षित मत नआएपछि यहाँ सत्ता गठबन्धनको तालमेल असफल हुने निश्चित भएको छ ।
यसअघि घोराही उपमहानगरपालिकामा एमालेसँग पराजित भइसकेको सत्ता गठबन्धनले तुलसीपुरमा पनि त्यही नतिजा भोग्नुपर्ने भएको छ।

मंगलबार अपरान्ह ४ बजेसम्मको नतिजाअनुसार मेयर-उपमेयर दुवै पदमा एमालेका उम्मेदवारले फराकिलो अग्रता बनाएका छन्।
एमालेबाट मेयर पदका उम्मेदवार टीकाराम खड्काले २६ हजा ३७४ मतसहित अग्रता बनाएका छन्। अहिले खड्काले मतान्तर बढाएर २ हजार ५६ पुर्‍याइसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *